सीता राना मगरको ह्याट्रिक, सेमिफाइनलमा मलेसियाको सामना गर्ने
मलेसियामा जारी एसीसी महिला प्रिमियर लिगमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।