Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

व्यवसायी दुर्गा प्रसाईंद्धारा भृकुटीमण्डपमा शक्ति प्रदर्शन

व्यवसायी दुर्गा प्रसाईंले आज मंगलबार नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरु अघि सार्दै उनले आन्दोलन सुरु गरेको घोषणा गरेका छन् ।

यसैगरी प्रसाईंले आज ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रसाईले बताए । प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ ।

यति मात्र होइन प्रसाईंसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको जनाइएको छ । प्रसाईंले राजसंस्था, गणतन्त्र खारेजी, हिन्दू धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।