Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी महिला प्रिमियर कपः रुविनाको ऐतिहासिक शतक, नेपालद्वारा मालदिभ्सलाई २२८ रनको लक्ष्य

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा जितका लागि नेपालले मालदिभ्सलाई दुई सय २८ रनको लक्ष्य दिएको छ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।


नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविना टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेटर हुन् ।