Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानडाविरुद्ध नेपालको 'सिरज क्लिनस्वीप', अनिल साह र भीम सार्कीले बनाए पहिलो शतक

एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपालले ९ विकेटको जीत निकाल्दै सिरज क्लिनस्वीप गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर र तेस्रो क्रमका ब्याटरले शतक बनाएपछि क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर पुरा गर्‍यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो । नेपालका ओपनर अनिल साहले शतक बनाएका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट अनिलले ११६ बलमा शतक बनाएका हुन् ।

यस्तै, सोही खेलमा नेपालका ओपनर भीम सार्कीले शतक बनाएका छन् । भीमले १२७ बलमा शतक बनाएका हुन् ।