Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानडाविरुद्धको एकदिवसीय सिरिज: जितका लागि नेपालले पायो २ सय ३३ रनको लक्ष्य

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा जितका लागि नेपालले २३३ रनको लक्ष्य पाएको छ।

किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाहुना टोली क्यानडाले निर्धारित ५० ओभरमा  ८  विकेट गुमाएर   २ सय ३२  रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो।

 क्यानडाका लागि ओपनर नवनित धालीवालले सर्वाधिक ५० रन बनाए।  ८२ बलमा ५ चौका हानेका उनी ललित राजवंशीको बलमा आकाश चन्दबाट क्याच आउट भए। 

यस्तै, निखिल दत्तले ४५ रनको योगदान दिँदा हर्ष थाकेरले २९ रन बनाए। श्रीयस मोब्भाले २५ रन बनाउँदा श्रीमन्थ विजयरत्नेले २२ रन बनाए। नेपालका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए। यस्तै कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले एक–एक विकेट लिए।