Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानडाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ ।

नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो । सिरिज कब्जा गरिसकेको नेपालले आज पनि जित निकाले सिरिज नै क्लिन स्विप गर्नेछ ।

क्यानडा भने आज सान्त्वना जितको खोजीमा रहेको छ ।