Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानडासँग नेपालले सिरिजको अन्तिम खेल खेल्दै, होला त सिरिज ‘क्लिनस्विप’?

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज नेपालले क्यानडासँग अन्तिम खेल खेल्दैछ ।

खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुनेछ ।नेपालले क्यानडाविरूद्ध अन्तिम खेल खेल्नुअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको थियो ।

दोस्रो खेलमा नेपालले २८६ रनको फराकिलो लक्ष्य २९ बल बाँकी हुँदै पूरा गरेको थियो । शनिबार भएको खेलमा अनिल साहले बिस्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक पूरा गरेका थिए । कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७१ रन बनाएपछि नेपालले सहज जित निकालेको थियो ।

आजको तेस्रो खेल पनि नेपालले जितेमा सिरिज क्लिनस्विप गर्नेछ। नेपाललाई घरेलु दर्शकको राम्रो साथ रहनेछ । सन् २०१८ मा पहिलोपटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो ।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भएपनि नेपाल र क्याडनाले पहिलोपटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ ।