Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एकदिवसीय शृंखलामा नेपाल-क्यानडाबीच आज दोस्रो खेल हुँदै

 एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल आज क्यानडासँग खेल्दै छ । खेल बिहान ९ : १५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको थियो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो । 

सोमबार शृंखलाको तेस्रो खेल हुनेछ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखलाअघि नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो ।