Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चार हजार ५३१ मिटरको उचाईको पानी सेतो देखिने दूधकुण्ड

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी ।

पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात  यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाईमा रहेको छ । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो ।

यसै कुण्डको नामबाट जिल्लाको एक मात्र नगरपालिका सोलु दूधकुण्ड नगरपालिका नामाकरण गरिएको हो ।

dudhakunda.png

तस्बिर: सुवास दर्नाल