Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल र क्यानडाबीचको ओडीआई सिरिज : सिरिज जित्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदै नेपाली टोली

ओडीआई सिरिजअन्तर्गत नेपालले आज क्याानडासँग पहिलो खेल खेल्दैछ । खेल अहिले बिहान ९:१५ मा टीयु क्रिकेट मैदानमा सुरू हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्ने प्रयासमा छ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरूआत गर्नेछ ।

सिरिजको पहिलो खेल आज बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुमा सुरु हुनेछ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय सिरिज नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताएका छन्। मुख्य प्रशिक्षक देसाईले यो सिरिज लिग टु अघि अभ्यासको राम्रो अवसर भएको बताए। उनले यो सिरिजमा युवा खेलाडीलाई अवसर दिने भन्दै क्यानडालाई कमजोर भने आकलन नगरेको बताए। 

nep.jpg

आज खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह रहेका छन् ।

यस्तै, क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान) आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान रहेका छन् ।

नेपाल र क्यानडाबीचको ३ खेलको ओडीआई सिरिज माघ २५ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा हुने छ।  क्यानडाविरुद्ध बायाँ हाते फास्ट बलर रजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा बोलाइएको छ। रजन लिग टु खेल्ने टोलीमा समेत छन्।

नेपालले आईसीसी विश्वकप लिग टु को पहिलो सिरिजअन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने छ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३ औं प्रतिद्धन्दी हो। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो।