Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त माग

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ । 

इच्छुक तथा योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयमा दरखास्त पेस गर्नसक्ने बताइएको छ ।  

pu.jpeg