Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य आज पनि ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।