Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आइसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्कियो

आइसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्केको छ ।

दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटका खेल खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको  हो । खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएपनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग नेपाल पराजित भएको थियो ।