Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विश्वकप फुटवल–२०२६ को फाइनल खेल अमेरिकामा, जुन १९ मा खेलिने

विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति गरेको घोषणा अनुसार सन् २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुन्न ।


सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् । विश्वकपको उदघाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ । अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।