Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाक

नेपाल प्रहरीका गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाक उपलब्ध गराइएको छ । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको हो । 

देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक पठाउन थालेको छ । गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन । प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो चरणमा ३ सय गर्भवती महिला कर्मचारीका लागि तयारी पोसाक पठाइएको छ । 

प्रहरी समन्वय समिति (पीसीसी) को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।