Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अर्थ मन्त्रालयका उच्च अधिकारीको जिम्मेबारी हेरफेर, आन्तरिक राजस्वमा भूपाल बराल

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयका उच्च अधिकारीको जिम्मेबारी हेरफेर गरेका छन् । अर्थमन्त्री महतले शुक्रबार मन्त्रिस्तरिय निर्णय गरी आन्तरिक राजस्व विभागको जिम्मेबारी भूपाल बराललाई दिएका छन् ।

आन्तरिक राजस्व विभागमा महनिर्देशक दीर्घराज मैनालीलाई मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेलाई मन्त्रालयमा प्रशासन प्रमुखको जिम्मेबारी दिइएको छ । विमानस्थल भन्सारको जिम्मेबारी सेवन्तक पोखरेललाई दिइएको छ । पोखरेल भन्सार विभागका उपमहानिर्देशक थिए। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डेलाई भन्सारको उपमहानिर्देशकको जिम्मेबारी दिइएको छ। मन्त्रालयको प्रशासन महाशाखा प्रमुख महेश आचार्यलाई नीति विश्लेषण महाशाखा प्रमुख बनाइएको छ ।

मैनाली २०७९ मंसिरदेखि आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेबारीमा थिए। मैनालीले थप निष्कासन ९एफपिओ० र एकिकरण तथा प्राप्ति (मर्जर एन्ड एक्विजिसन) मा कर लगाएपछि उनी एकाएक चर्चामा आएका थिए।