Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । दाङको बिजौरी बस्ने वर्ष २७ का सुनिल चौधरीको मृत्यु भएको हो ।

रोल्पाबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो जीपले र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई गए राति ११ बजे ठक्कर दिएको हो ।

मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए । प्रहरीले ठक्कर दिने बोलेरोका चालकलाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताए ।