Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफरः एउटा टिकट किन्दा अर्को सित्तैमा

बुद्ध एयरले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । बुद्धले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो ।

१३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्को टिकट फ्रि दिइएको कम्पनीले जनाएको छ । ‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ । यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ’, बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ । सो योजना अन्तगर्त एक जना यात्रुले विन्डो अर्कोले शेयर गर्नुपर्नेछ ।

यस्तै, भ्यालेनटाइन डे को दिन उडान भर्ने यात्रुहरुलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिन्छ ।