'प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नाराणकाजीले प्रतिशोध साधे'
बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा प्रकरणमा आफ्ना भाइ प्रकाउ परेपछि सांसदसमेत रहेका व्यवसायी विनोद चौधरीले प्रधानमन्त्री र गृहमन्त्री माथि आरोप लगाएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा चौधरीले आफूहरुमाथि प्रतिशोध साधिएको जिकिर गरेका हुन्।
बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हत्याएको अरोपामा भाइ अरुण पक्राउ परेपछि दाजुसमेत रहेका व्यवसायी एवं कांग्रेस सांसद विनोद चौधरीले पार्टीको ध्यानाकर्षण गराएका छन्।
बिहीबार सिआइवीले अरुणसहित छालाजुत्ता कारखनाका तत्कालीन महाप्रबन्धकसमेतलाई पक्राउ गरिएको छ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नाराणकाजीले प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेको जिकिर गरेका हुन्।
विरोधमा पार्टीको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीज्यूले हामी व्यवसायीमाथि प्रतिशोध साध्नुभएको छ। यस्ता कार्यले व्यवसायीको मनोबल खस्किन्छ।’ एक सांसदका अनुसार चौधरीले यस्ता कार्यलाई गम्भीरतापूर्वक लिनुपर्ने जिकिर गरे।
बैठकपछि कांग्रेस प्रमुख सचेक रमेश लेखकले पक्राउबारे सांसद चौधरी बैठकमा कुरा राखेको जानकारी दिए। यस विषयमा कांग्रेसले ठोस धारणा नबनाएको उनको भनाइ थियो।