Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

राष्ट्रिय सभाको कार्यतालिका स्वीकृतः दुई महिनामा १३ बैठक

अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनबारे पूर्व जानकारी गराउनु पर्ने

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ । आगामी हिउँदे अधिवेशनका सुरु दुई महिनामा १३ दिन बैठक बस्ने गरी कार्यतालिका तयार भएको छ ।

आज शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ ।

संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।