Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आर्मी र पुलिसले फाइनल खेल्ने, कसले जित्ला?

त्रिभुवन आर्मी क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।आर्मीले बिहीबार नाटकीय खेलमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरी शनिबार हुने फाइनल भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो ।

h.jpeg

फाइनल पुग्न जित्नैपर्ने खेलमा आर्मी ३९.१ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । गण्डकीले झिनो लक्ष्य पूरा गरेको भए वाग्मती प्रदेश फाइनल पुग्थ्यो । तर शाहब आलमले ४ विकेट लिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गण्डकी २३.४ ओभरमा ६४ रनमै अलआउट भयो ।

पुलिस यसअघि नै फाइनल पुगिसकेको अवस्थामा आर्मीले राउन्ड रोबिन लिगका ९ खेलमा सातौं जित हात पार्दै फाइनलमा सुरक्षित गरेको हो । पुलिसले सबै ९ खेलमा विजय हात पार्‍यो । वाग्मती र मधेश प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा रहे । गण्डकीसँग विजय हात पार्न नसकेको भए आर्मीलाई हेड टु हेडका आधारमा उछिन्दै वाग्मती दोस्रो हुने थियो ।