Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुलाई चिरायु अस्पतालमा भर्ना

विनोद चौधरीका भाइसहित ३ जना पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना, ठगी र किर्ते गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई स्वास्थ्य कारण देखाउँदै हिरासतमा नराखी चिरायु अस्पतालमा भर्ना गरिने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आज ३ जनालाई पक्राउ गरेको हो। सिआईबीले चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापापछी आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो। 

६२ वर्षीय चौधरीले उच्च रक्तचापको औषधि खाइरहेको पाइएको छ। चौधरीको मुटुमा पनि समस्या भएको पाइएको छ। साथै उनलाई मधुमेह पनि भएको मेडिकल रिपोर्टबाट देखिएको छ। ८२ वर्षीय थापालाई भने उच्च रक्तचाप भएको पाइएको छ। उनीहरूलाई आजै राति ९ बजे अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।

arun-chaudhari.webp

यसअघि काठमाडौँ जिल्ला अदालतले बाँसबारी जग्गा अपचलन प्रकरणमा पक्राउ परेका चाैधरी र थापासहित तीन जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पक्राउ पर्नेमा अर्का आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पनि रहेका छन्।

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धानका क्रममा प्रहरीले तीनै जनालाई बिहीबार पक्राउ गरेको थियो। अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।