Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

चौधरी (सिजी) होल्डिङका प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । 

चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको हो ।