Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सीजी होल्डिङ्सका चेयर म्यान अरुण चौधरी निवासबाटै पक्राउ

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोप

अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो। 

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ। थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो। 

अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए। बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।