Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद बिक्री?

नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको भाउ बढेको छ। बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको भाउमा बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, बिहीबार चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।