राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठले बिहे गरेका छन् ।
इलामको देउमाइ नगरपालिका–४ मंगलबारेका नवयुग र झापा मेचीनगर– १२ की पुजा श्रेष्ठबीच बुधबार बिवाह भएको हो । नवयुगले नेपाली राष्ट्रिय फुटबल टिमको समेत कप्तानी गरिसकेका छन् ।
उनले हालै इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कपमा आयोजक रेड हर्स क्लबका तर्फबाट खेलेका थिए ।