Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधान सेनापति शर्मा र बेलायती सेनाप्रमुखबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र बेलायती सेनाप्रमुखबीच मंगलबार शिष्टाचार भेट भएको छ । संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डामा पुगेर भेटेका हुन् ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबिच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको छ ।

भेटअघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।

त्यस्तै, बेलायती सेना प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । सेना प्रमुख स्याण्डर्सले प्रधानमन्त्री दाहालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भेट गरेका हुन् ।