Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

‘सहिद दिवस मनाउन नातीनातिना सँगै लिएर आउनु’ (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्र्तगत काठमाडौं महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड(मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्यार्पण र स्मरण गरेको छ ।

सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बेलैमा बुझाउन सके मात्रै सहिदको सम्मान हुने बताइन् ।

Photo (6).jpg

सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई वि.सं. १९९७ माघ १५ गते सोभा भगवती उकालोमा प्राणद्दण्ड दिइएको स्थानमै सोमबार महानगरले स्मृतिसभा आयोजना गरेर उनीहरुको योगदान र साहसको स्मरण गरी सम्मान गरेको हो ।

सो सभामा महानगर उप–प्रमुख डंगोलले सहिदद्वय श्रेष्ठ र चन्दको सालिकमा माल्र्यापण गर्दै उनीहरुले जनताको स्वतन्त्रता र अधिकार प्राप्तीको लागि गरेको संघर्ष र योगदानको सम्झना गरिन् ।

Photo (4).jpg

उनले सबै सहिदको सम्मान हुनुपर्नेमा जोड दिदै भनिन्, ‘राष्ट्रको पहिलो सहिददेखि लिएर हामीले जनआन्दोलन ०६२–६३ मा आफ्नो ज्यान आहुती दिनेलाई पनि सम्झिनुपर्छ । देशमा आएको परिवर्तनको मुख्य उद्देश्य भनेको राष्ट्र निर्माण, जनताले पाउनुपर्ने अधिकार जुन हो पाउनुपर्छ र त्यसमा हामी सबै जनप्रतिनिधि,आम नागरिकले आ–आफ्नो जिम्मेवारी निष्पक्ष भएर असल नागरिक भएर पूरा गर्नुपर्छ ।’

Photo (1).jpg

यस्तै उनले सहिद स्मृति सभामा जेष्ठ नागरिकको बाक्लो उपस्थिति भएको प्रति खुसी प्रकट गर्दै यस्ता स्मृति सभामा साना बालबालिकालाई पनि सामेल गराएर सहिद, राष्ट्र र इतिहासको बारेमा उनीहरुलाई जानकारी दिनुपर्नेमा जोड दिइन् ।

Photo (7).jpg

‘अर्को पटक यस्तो कार्यक्रममा आउँदा आफ्ना नातीनातिनालाई पनि सँगै लिएर आउनुहोला । सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बुझाएर इतिहासको सम्मान गर्न सक्यौं भनेमात्र वर्तमानमा हामीले चाहेको जस्तो काम गर्न सक्छौं । यसले असल नागरिक बन्न सदैव प्रेरणा दिन्छ’ डंगोलले भनिन् । 

भिडियो: