Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।