Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, कति दिने भयो बोनस सेयर?

एशियन लाइफ इन्स्योरेन्स कम्पनिले लाभांश घोषणा गरेको छ। माघ १२ गते बसेको कम्पनी संचालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुल २५ करोड ७४ लाख ६ हजार रुपैयाँबराबरको लाभांश दिने प्रस्ताव गरेको छ। सो लाभांशमध्ये ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख बराबरको बोनस सेयर दिने भएको छ। यस्तै सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.४० प्रतिशतले हुन आउने १ करोड २८ लाख बराबरको नगद लाभांश दिने भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८.५ प्रतिशत बोनस सेयर तथा .४४ प्रतिशत नगद गरि कुल ८.९४ प्रतिशत लाभांश वितरण गरेको थियो ।