Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य स्थिर, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।