Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?

स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो । 

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।