Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी यू–१९ विश्वकप:

जित्नैपर्ने दबाबमा नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दै

आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई जित्नैपर्छ । 

आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ।  समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार  दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ। ​

समुह डी को पहिलो खेलमा न्युजिल्याण्डसँग  नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।  

यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ। 

प्रत्येक समूहका शीर्ष ३-३ टोली सुपर सिक्समा पुग्नेछन्।  समूह डी को शीर्ष ३ टोलीले  भारत रहेको समुह ए का शीर्ष ३ टोलीसँग खेल्नु पर्ने हुन्छ ।