Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार  बुधबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदी हिजो तोलाको १३८० रुपैयाँमा कारोबार भएको थियो ।