Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।