नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानसँग खेल्ने नेपाली टोलीमा आज तीन परिवर्तन भएको छ ।
विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग खेलेका स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् । त्यस्तै आजको खेलमा दिपक बोहरा र दीपक डुम्रे टोलीमा छैनन् । नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन् ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
