Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ट्याक्टरको ठक्करबाट बम्जनको आश्रमबाट बेपत्ता पारिएकी गंगामायाका बुवाकाे मृत्यु

सिन्धुलीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–९, कोरुङ खोलामा ट्याक्टरले दुईवटा मोटरसाइकललाई प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा बा ५८ प ९१४१ नम्बरमा सवार मोटरसाइकल चालकको ज्यान गएको हो । रौतहट गुजरा–२ का रने तामाङको मृत्यु भएको हो ।

ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक भने सामान्य घाइते भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । तामाङ धर्मगुरु भनेर प्रचारित रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता पारिएका भनिएका गंगामाया तामाङका बुवा हुन् ।

यद्यपि, रने तामाङले बम्जनविरुद्ध उजुरी भने दिएका छैनन् ।