Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

 नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १३७० रुपैयाँमा कारोबार भएको थियो ।