Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय

सरकारले कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  

मंगलबारको मन्त्रिपरिषद् बैठकले ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रि रेखा शर्माका अनुसार बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । 

त्यस्तै, माघ २२ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताइन् ।