Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री कप क्रिकेट: एपीएफमाथि आर्मीको जीत

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।  भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा आर्मीले अर्को विभागीय क्लब एपीएफलाई ४ विकेटले पराजित गरेको हो । 

जारी प्रतियोगितामा आर्मीको तेस्रो जीत हो भने एपीएफको तेस्रो हार भएको छ । पहिला ब्याटिङ गरेको एपीएफले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतले ३२.४ ओभरमा १२१ रन बनाएको थियो ।  बिहानको समयमा बाक्लो हुस्सु लागेकाले खेल भने ३६ ओभरमा झारिएको थियो । १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको एपीएफका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारि खेले ।  यसैगरी भुवन कार्कीले १६ तथा सुजित महर्जनले १४ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ विकेट हात पारे । 

यस्तै विवेक यादव, सहाव आलम र वसिर अहमदले एक एक विकेट लिए र आर्मीका कप्तान विनोद भण्डारीले नटआउट ३४ रन बनाउँदा कुशल मल्लले १८ रन बनाए । यस्तै, बसिर अहमदले १८, इमरान शेखले १६ तथा सन्तोष कार्कीले ११ रन बनाउँदै खेल जिताए ।  एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र रोहित पौडेलले एक एक विकेट लिए ।