Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

१० करोड लगानीको सुबिधा सम्पन्न होटल ‘होटल वृन्दावन' सञ्चालनमा, ६ महिनासम्म २० प्रतिशत छुटको व्यवस्था

वीरगञ्जमा सुबिधा सम्पन्न होटल वृन्दावन संचालनमा आएको छ । एक विशेष कार्यक्रमकाबीच वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले होटलको उद्घाटन गरेका हुन् ।

वीरगञ्ज वडा न.४, दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटल वृन्दावन १० करोडको लागतमा तयार भएको हो। ५ तल्ले भवनमा ३० वटा आधुनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सन्चालक पप्पु सरार्फले जानकारी दिए। ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट, दोस्रो तल्लामा २ वटा ब्यान्केट हल, १ वटा मिटिङ्ग हल रहेको रहेका छन्।

नेपाली होटलहरुमा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरु प्रयोग गरेका छौं। यसले पार्टि भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महशुस गराउनेछ, संचालक अध्यक्ष सरार्फले बताए ।

त्यसैगरी तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसि रुमहरु रहेका छन् । होटलको ओपनिङलाई पारेर हामीले नर्मल एसि रुमको चार्ज २२ सय र त्यसमा पनि खाजाको ब्यवस्थासहित ३० प्रतिशत छुट दिएका छौं, साथै एसिसहित स्विट रुमलाई ६ हजार दर रेटसहित ३० प्रतिशत अतिरिक्त छुट कायम गरेका छौं, सर्राफले जानकारी दिए।

ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ, यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरेका छौं । छुटको व्यवस्था आजैको मिति देखि ६ महिनासम्मको लागि लागू हुने समेत सर्राफले बताए ।