Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा थ्री स्टार र सहारा भिड्ने

२३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजबाट पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा सहिद स्मारक ए डिभिजन लिग टोली थ्री स्टार क्लब र आयोजक सहारा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको यो तेस्रो भेट हो ।

यसअघि २०६३ को संस्करणमा थ्रीस्टारले सहारालाई सेमिफाइनलमा ३–० गोलले हराएको थियो भने २०६९ को फाइनलमा थ्री स्टार १–० गोलले विजयी भएको थियो । अहिलेसम्म थ्री स्टारले पाँच पटक र सहाराले एकपटक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितामा ८ ‘ए’ डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम समेत पाउनेछन्। यस्तै, प्रिक्वाटरफाइनल खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल माघ २० गते हुनेछ ।