Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रभु बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्ताको हात खाली

 प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण कुनैपनि नगर्ने निर्णय गरेको हो । जसअनुसार लगानीकर्ताहरुको हात खाली हुने भएको छ ।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।