Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आज फलफूल तथा तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार आज हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २८०, केरा दर्जनको १२०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८०, स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा १४, अदुवा १६०, रातो आलु ३३, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ । लोकल गाँजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला १०, रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी १३०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिले गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, हरियो प्याज १००, पुदिना ३२०, ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ । यस्तै, लाम्चो भान्टा ६०, भिण्डी ८०, र हरियो धनियाँ ९० रुपैयाँ पाइने समितले जनाएको छ ।