Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कालिञ्चोक क्षेत्रमा हिमपात, बढे पर्यटक

 दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा गत मंगलबार परेको हिमपातले भक्तजनको भिड लागेको छ । कालिञ्चोक भगवतीको दर्शन गर्न तथा कुरी घुम्न शुक्रवार र शनिबार दशहजार भन्दा धेरै आन्तरिक तथा बाह्र पर्यटक कालिञ्चोक पुगेका हुन् ।

himpat.png

कात्तिक पछिकै धेरै भक्तजन तथा कालिञ्चोक घुम्ने पर्यटक बढेको स्थानीयले बताएका छन् । हिमपात पछिको पहिलो, दोस्रो र तेस्रो दिनको तुलनामा शुक्रवार र शनिवार भक्तजनको भिड लागेको स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चोकका सञ्चालक चन्द्रकुमार लामाले बताए । शुक्रवार पैदल सँगै केबलकार मार्फत मन्दिर स्थल पुग्ने भक्तजनको लाइन नै लागेको लामाले बताए।पछिल्लो ६ महिनाको तुलनामा शुक्रबार यहाँका होटलहरु भरिभराउ देखिएका थिए भने,कतिपय बाहिरै समेत क्याम्प बनाएर आगो ताप्दै रमाइलो गरेको गरेका थिए ।

himpat1.png

उनको होटलका सबै रुम बुकिङ भएकाले कतिपय जिल्ला भित्रका पर्यटकलाई सुताउन समेत रुम अभाव भएको लामाले  बताए । तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो । मंगलबार परेको हिउँ पग्लिएर पातलो बने पनि शुक्रबार र शनिबार करिब दश हजारले कालिञ्चोकको भ्रमण गरेको रिसोर्ट सञ्चालक लामाले बताए । शुक्रबार र शनिबार हिउँ पातलो भएर समस्या भो, नभए भारत र बङ्गलादेशका पर्यटकको आगमन बाक्लो रूपमा थेगिन सक्नु हुन्थ्यो ,तैपनी हिउँ परेपछी यो शुक्रवार र शनिवार यस वर्षकै बैशाख पछि कुरी बजारमा मात्रै ११ हजार जति पर्यटकहरू भित्रिएका छन् तामाङले भने, अघिल्ला वर्षको जस्तो हिमपात हुने हो भने, जिल्ला आर्थिक सँगै व्यापारी चहलपहल बढ्ने उनले सुनाए ।

तराईका जिल्ला तथा छिमेकी देश भारत र बङ्गलादेशका पर्यटकले समेत कालिञ्चोक आउनको लागि दिनमा दर्जनौं पटक फोन गरेर हिमपातको बारेमा बुझ्ने गरेको उनले बताए । मंगलबार करिब ३ घन्टा परेको हिउँ बिलाएकोले बाहिरी  पर्यटक आउन नसकेको लामाले बताए । कालिञ्चोकको हिमपातले समग्र जिल्लाको व्यापार व्यवसायमा समेत टेवा पुग्ने उनले सुनाए। माघ पहिलो साता परेको हिमपातले थोरै भएपनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको उनले बताए। सुबास बस्नेत