Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नक्कली मदिरा बनाउने दुई कारखानामा प्रहरीको छापा, संचालकसहित ९ जना पक्राउ

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको कार्यालय स्रोतले बाह्रखरीलाई बताए । उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९ जना छन् । उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ ।