Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।