Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

शैलुङमा हिमपात ( फाेटाे फिचर)

रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो । 

Sailung-3.jpg

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । उनका अनुसार मङ्सिर, पुसमा हिउँ नपरेको शैलुङ क्षेत्रमा माघ लागेपछि मात्र हिउँ परेको हो । मंगलबार शैलुङमा बाक्लो हिउँ परेको छ । 

Sailung-2.jpg

यस वर्षको हिउँद हिउँ नपरी जाला जस्तो भएको थियो, तर माघ लागेपछि हिउँ प¥यो,’ शेर्पाले भने । मंगलबार उमाकुण्ड गाउँपालिकाको लाहाछेवर लगायता स्थानमा पनि हिउँ परेको छ । मंगलबार दिउँसो सो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।  हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै सो क्षेत्रका किसानहरू खुसी भएका छन् ।

Sailung-1.jpg

हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएको कारण राम्रो उब्जनी हुने किसानहरू बताउँछन् । लेकमा हिउँ परेपछि तलका पानीका मूल फुट्ने र वातावरण संरक्षणको लागि समेत सहयोग पुग्ने विश्वास गरिन्छ । 
रामेछापको माथिल्लो भेगमा आलु, गहुँ, उवा तथा गुडागुडी तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ । हिउँ नपरेको वर्ष आलु राम्रो उत्पादन नहुने किसानहरू बताउँछन् । हिउँ परेसँग आलु राम्रो उत्पादन हुने भन्दै किसानहरू खुसी भएका छन् ।