Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सेयर बजारमा हरियाली, कतिकाे भयाे कारोबार?

सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

 मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

२१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।