Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रारा तालमा छायांकन गरिएको पहिलो देउडा गीत 'सम्झ्या मात्रै न रोया' सार्वजनिक

पछिल्लो समय एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किदै आएका गायक, गीतकार, संगीतकार, साहित्यकार तथा बहुप्रतिभाका धनी हिक्मत शाही क्षितिजको शब्द र संगीतमा 'सम्झ्या मात्रै न रोया' देउडा गीत सार्वजनिक भएको छ । उक्त गीतमा अहिले कि चर्चित गायिका पुजा देबकोटा र नबोदिद गायक धिरज सिंहको सुमधुर स्वरमा रहेको 'सम्झ्या मात्रै न रोया' देउडा गीत सार्वजनिक भएको हो। 

स्वर्गकी अप्सरा रारा तालमा छायांकन भएको उक्त गीतमा अभिनय तर्फ हिक्मत शाही क्षितिज, सैलेश हमाल, सृजना गिरीको रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिक्मतले गरेका थिए। 

रारा तालमा आउने पर्यटकलाइ दिइने सम्मान, सत्कार साथै माझी दाइको जिन्दगीको कथा यस गीतको भिडियोमा देख्न सकिन्छ  Hikmat shahi kshitiz official youtube बाट सार्बजनिक भएको छ। राराको पर्यटन विकाश, प्रबन्धक, प्रचारप्रसार मा थप सहयोग पुग्ने भएकाले धेरै दुख कष्ट गरेर रारामै सुटिङ गरिएको  हिक्मत शाहिले बताए।